Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


विराटनगरविरुद्ध सुदूरपश्चिमले जित्यो टस, पहिला बलिङ गर्ने


156
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका छन्। उनले पहिले बलिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका छन्।

यसअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले खेलको टस हुने समय दुईपटक परिवर्तन गरेको थियो।

Skip This