Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाइयो, दिउँसो पीसीसी बैठक बस्ने


0
Shares

काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ । प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी गराउन प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाइएको हो ।

प्रहरी स्रोतका अनुसार सबै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो । निर्देशनपछि प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे पीसीसी बैठक बस्ने कार्यतालिका छ । प्रहरी संगठनका महत्त्वपूर्ण नीतिगत विषयमा निर्णय गर्ने प्रमुख संयन्त्रका रूपमा रहेको बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Skip This