Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


अर्घाखाँची प्रशासनमा सेवाग्राहीको चाप बढ्यो


13
Shares

सागर महत, अर्घाखाँची । दशैं तथा तिहार मनाउन घर फर्किएका नागरिकका कारण जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सेवाग्राहीको संख्या दोब्बरभन्दा बढीले बढेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा जिल्लाबाहिर रहेका नागरिक चाडपर्व मनाउन घर फर्किएसँगै नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने तथा नवीकरण गर्नेको संख्या बढेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवालीका अनुसार पछिल्ला दिनमा प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ । यसअघि दैनिक औसत ५० देखि ६० जनाले नागरिकता बनाउने गरेकामा अहिले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउनेको संख्या दैनिक २०० देखि २५० जनासम्म पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

चाडपर्वका बेला घर आएका नागरिकले सरकारी कागजात बनाउने र नवीकरण गर्ने भएकाले प्रशासन कार्यालयमा भीड बढेको हो । यससँगै जिल्लाका अन्य सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप बढेको छ ।

Skip This