Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


सर्वोच्चका चार न्यायाधीश सिफारिसविरुद्ध उजुरी आह्वान


91
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन सार्वजनिक उजुरी माग गरिएको छ।

संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी दिन आह्वान गरेको हो।

सिफारिस भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न उपयुक्त नदेखिएमा त्यसको आधार र प्रमाण खुलाएर उजुरी दिन समितिले सर्वसाधारणलाई आग्रह गरेको छ।

सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी बुझाउन सकिनेछ।

उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्ने सूचनामा उल्लेख छ। यद्यपि, आफ्नो परिचय सार्वजनिक गर्न नचाहने व्यक्तिले गोप्य रूपमा पनि उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।

Skip This