Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार


117
Shares

काठमाडौं । चीनको सिजाङमा ७.० म्याग्निच्युडको भूकम्प गएपछि छिमेकी छिङहाई प्रान्तस्थित एक आवासीय विद्यालयका १२० विद्यार्थीलाई करिव तीन मिनेटमै सुरक्षित स्थानमा सारिएको छ ।

चीनको सिजाङस्थित बाकेन काउन्टीमा गएको भूकम्पपछि विद्यालयका शिक्षकहरूले तत्काल उद्धार प्रक्रिया अघि बढाएका थिए । विद्यालयका एक शिक्षककाअनुसार नियमित रूपमा सञ्चालन गरिने विपद् व्यवस्थापन अभ्यासका कारण विद्यार्थीहरूलाई छिटो सुरक्षित स्थानमा सार्न सम्भव भएको हो ।

भूकम्पपछि विद्यार्थीको अस्थायी बसोबासका लागि विद्यालयले पालमा छात्रावासको व्यवस्था गरेको छ ।

Skip This