काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताका समस्या र माग सङ्कलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले भोलि कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियान मङ्सिर २५ गतेसम्म चल्नेछ।
अभियानअन्तर्गत प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाइने पार्टीले जनाएको छ।
त्यस्तै, देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, पत्रकार सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनजीविकाका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्नुका साथै जनसेवा तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने नेकपाले जनाएको छ। पार्टीको केन्द्रीय संयोजन समितिको असोज २३ गते बसेको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।










प्रतिक्रिया दिनुहोस्