Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


दसैँमा प्रहरीको निःशुल्क बसबाट १ हजार ४०६ जनाले लिए सेवा


0
Shares

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित भएका छन्।

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क बस सेवा लिएका हुन्। सेवा लिनेमा ७३७ जना महिला र ६६९ जना पुरुष रहेका छन्।

नागरिकको सहज आवागमनका लागि प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको थियो।

Skip This