Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


नवरात्रको नवौँ दिन : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै


26
Shares

काठमाडौँ । शारदीय नवरात्रको नवौँ दिन आज नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको विशेष पूजा तथा आराधना गरिँदैछ। धार्मिक परम्पराअनुसार देवी सिद्धिदात्रीलाई सम्पूर्ण सिद्धि प्रदान गर्ने देवीका रूपमा श्रद्धापूर्वक पूजाआजा गरिन्छ।

शास्त्रीय मान्यताअनुसार देवी सिद्धिदात्रीको उपासना गर्नाले भक्तजनको मनोकामना पूरा हुनुका साथै घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

कमलको फूलमा विराजमान देवीका चार हातमा शङ्ख, चक्र, गदा र कमल रहेको धार्मिक वर्णन पाइन्छ । नवरात्रको यस दिन भक्तजनले बिहानै स्नान गरी विधिपूर्वक पूजा, मन्त्रजप, ध्यान तथा स्तोत्र पाठ गर्ने गर्दछन्। देवीलाई रातो फूल, नरिवल र मिठाई चढाएर आरती गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ।

पौराणिक कथनअनुसार देवी सिद्धिदात्रीकै कृपाबाट भगवान् शिवले सिद्धि प्राप्त गर्नुभएको थियो। उहाँकै अनुग्रहबाट शिवजी अर्धनारीश्वर स्वरूपमा प्रकट हुनुभएको धार्मिक विश्वास छ।

श्रद्धा र भक्तिपूर्वक देवीको आराधना गर्नाले दुःख–कष्टबाट मुक्ति, आध्यात्मिक उन्नति तथा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।

Skip This