Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


सप्तकोसीमा डुबेर बेपत्ता युवक मृत फेला


234
Shares

सुनसरी । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार (कात्तिक १) साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक सोमबार (कात्तिक २) बिहान मृत फेला परेका छन् ।

बराहक्षेत्र नगरपालिका–१०, बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनको शव परीक्षणका निम्ति इनरुवास्थित जिल्ला अस्पताल पठाइएको सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

Skip This