काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट सोमबार पक्राउ गरेको छ ।
कोटा प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले तीन जना पक्राउको पुष्टि गर्दै सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले टाइगर श्राफमाथि आक्रमण गर्ने तीनै जनालाई रेलवे स्टेसनबाट पक्राउ गरेको जानकारी दिइन् ।
उनका अनुसार तीनै जना राजस्थानबाट दिल्ली र त्यसपछि दिल्लीबाट नेपाल भाग्ने दाउमा रहेका थिए ।
प्रहरीले उनीहरुसँग घटनाबारे सोधपुछ गरिरहेको छ । प्रहरीले हालसम्म उनीहरूबाट हतियार भने बरामद गरेको छैन ।
आइतबार साँझ टाइगर श्राफको कारमाथि मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्