काठमाडाैं ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले विजयादशमीको अवसरमा दुई दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार कात्तिक ४ र ५ गते केबलकारसहित कम्पनीअन्तर्गतका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।
त्यसअघि कात्तिक ३ गते बिहान ५ देखि दिउँसो २ बजेसम्म मात्र केबलकार सेवा सञ्चालन हुनेछ। कात्तिक ६ गतेदेखि भने सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
सेवा बन्द हुँदा सर्वसाधारण, यात्रु तथा पर्यटकमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठद्वारा जारी सूचनामा चाडपर्वलाई लक्षित गरी सेवा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।










प्रतिक्रिया दिनुहोस्