Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सुमो दुर्घटना अपडेट : ३ जनाको शव पहिचान (नामावलीसहित)


1.1k
Shares

सविना अछामे, खोटाङ । काठमाडाैंबाट खोटाङ आउदै गरेको सुमो दुर्घटनामा परी मृत्यु हुने ३ जनाको पहिचान खुलेको छ ।

को १ ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्दा दसैै मनाउन घर आउदै गरेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको हो ।

गएराति २ः३० बजे नागथानस्थित मध्यपहाडीबाट करिब एक सय ५० मिटर तल खसेको थियो । गाडीमा सवार १० मध्ये ३ जनाको मृत्य, ३ जना बेपत्ता र ४ जना घाइते छन् । बेपत्ताको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा सहित ४ जना घाइते भएका हुन् । उनीहरूमध्ये ओखलढुङ्गा घर भएका विश्वकर्मा सहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, उनकी छोरी १२ वर्षीया शिवानी राई र मृतक स्वस्तिकाका भाइ १३ वर्षीय अंकित विश्वकर्मा छन् ।

उनीहरूमध्ये आशिष बेहोस अवस्थामा छन् भने सम्झनाको अवस्था गम्भिर छ । सम्झनालाई हेलिकोप्टर मार्फट काठमाडौं लगिएको छ । अन्यको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जनाए । उक्त गाडीमा १० जना सवार रहेको प्रहरीको भनाइ छ ।

चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिडेको प्रहरीले जनाएको छ ।

Skip This