Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथनमा सनम गुरुङ प्रथम


104
Shares

खुशी माया गुरुङ, लमजुङ । छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथन २०८३ मा तनहुँका सनम गुरुङ प्रथम भएका छन् । उनले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेवडारमा आयोजित प्रतियोगितामा खोटाङका धिरन राई दोस्रो र ओखलढुंगाका पृथ्वी राई तेस्रो भएका छन् ।

धिरनले ३६ मिनेट २४ सेकेन्ड र पृथ्वीले ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका हुन् । त्यस्तै, गोरखाका सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा १३ वर्षीय सुन्दरबजार नगरपालिका–८ का सुगम पहारी कान्छा धावक बनेका छन् । उनलाई प्रोत्साहनस्वरुप नगद एक हजार रुपैयाँ प्रदान गरिएको आयोजक अकला युथ क्लबले जनाएको छ ।

प्रतियोगितामा विभिन्न स्थानका २४ जना धावक सहभागी भएका थिए । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तार्कुकोटको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

Skip This