Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


हिरो २३औँ इमेज अवार्डका लागि आवेदन खुला


234
Shares

काठमाडौं । नेपाली संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ‘हिरो २३औँ वार्षिक इमेज अवार्ड’ का लागि आवेदन खुला गरिएको छ। अवार्डअन्तर्गत विभिन्न १७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

अवार्डमा वर्षको उत्कृष्ट गीत, गीत रचना, संगीत, संगीत संयोजन, लोकगीत तथा दोहोरी गीततर्फ उत्कृष्ट गायन, वर्षको उत्कृष्ट नवप्रतिभा, समूह वा युगल गायन, नेपहप/र्‍याप प्रस्तुति तथा पप गायनलगायत विधा समावेश छन्।

त्यसैगरी, पुरुष तथा महिला गायन, म्युजिक भिडियो छायांकन, सम्पादन र निर्देशनतर्फ पनि अवार्ड प्रदान गरिनेछ। जनताको छनोटमा आधारित ‘पब्लिक च्वाइस अवार्ड’ पनि प्रतिस्पर्धाको एउटा विधाका रूपमा राखिएको छ।

आयोजकले वि.सं. २०८२ साल कात्तिक १ गतेदेखि वि.सं. २०८३ साल असोज मसान्तसम्म सार्वजनिक प्रसारण भएका गीत तथा म्युजिक भिडियोका लागि आवेदन फाराम खुला गरेको गरेकाे छ ।

आवेदन फाराम तथा थप जानकारीका लागि आयोजकले इमेज च्यानल प्रा.लि., लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्न वा www.imagekhabar.com/imageaward खल्ती एपबाट आवेदन दिन सकिने जनाएको छ। आवेदन फाराम बुझाउने अन्तिम मिति २०८३ साल कात्तिक ३० गते सोमबारसम्म रहेकाे छ ।