Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो


754
Shares

Gold price hike nepal

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो।

महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।