Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुलसहित चार पुल बगायो


793
Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा रहेका चारवटा पुल बगाएको छ । बाढीका कारण आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलसमेत क्षतिग्रस्त भएको छ ।

आइतबार बिहान आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो । यससँगै चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

त्यस्तै, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ तथा ३ लाई जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको जनाइएको छ ।

पुलहरू बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको छ । बाढीबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ ।