Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बूढीगण्डकीमा बाढी आएपछि आरुघाट बजार खाली गराइयो


195
Shares

गोरखा । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि जोखिमलाई ध्यानमा राख्दै आइतबार बिहान गोरखाको आरुघाट बजार खाली गराइएको छ ।

नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो । सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीयलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् ।