Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आज घटस्थापनासँगै बडादशैं सुरु, बिहान ११:४७ बजे उत्तम साइत


221
Shares

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत निर्धारण गरेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आज घटस्थापना गर्ने निर्णय गरिएको हो ।

घटस्थापनाका दिन घरघरमा विधिपूर्वक कलश स्थापना गरी जौ छरेर जमरा राख्ने परम्परा छ । नवरात्रभर दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ ।

यस वर्षको विजयादशमी कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ ।