Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


अन्तिम खेलमा मेस्सीको गोल, बेनिनमाथि अर्जेन्टिनाको ३–० जित


247
Shares

काठमाडौं । फुटबल स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो बिदाइ खेलमा गोल गरेका छन्। कप्तान मेसीले गोलसहित सुखद बिदाइ पाएको खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गरेको छ।

बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदान ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मेसीले एक गोल गरे। अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डी र निको पाजले पनि एक–एक गोल गरे।

यस खेलसँगै अर्जेन्टिनाको जर्सीमा मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा टुंगिएको छ। उनले अर्जेन्टिनाका लागि २०९ खेल खेल्दै १२६ गोल गरेका छन्।

मेसीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप तथा २०२१ र २०२४ कोपा अमेरिकाको उपाधि जितेको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यासको घोषणा गरिसकेका मेसीको अन्तिम खेल हेर्न मोनुमेन्टल रंगशालामा हजारौँ समर्थक उपस्थित थिए।

अर्जेन्टिना फुटबल संघले मेसीको बिदाइलाई अविस्मरणीय रातका रूपमा प्रस्तुत गरेको छ।