काठमाडौं ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।
सरकारले खोज तथा उद्धार स्थगित गरेपछि भोटेकोशी बाढीमा परेर बेपत्ता भएका तथा मृतकका परिवारहरु अन्यौलमा परेको बेला काूनन मन्त्री गौतमले अध्यादेशबाट कानूनी ब्यबस्था गर्न लागेको बताउनुभएको हो । विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संसोधन गर्न लागेको जानकारी दिनुभयो । मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानूनमा आवश्यक संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार गरिसकेको पनि उहाँले बताउनुभएको छ ।
न्याय तथा संसदीय मामिला मन्त्रालय कानून मन्त्री सोविता गौतमले भोटेकोशी बाढीमा वेपत्ता भएका करीब ६ हजारको मृत्यु दर्ताका लागि विद्यमान कानुन बाधक देखिएको छ । मृत्यु दर्ता नभई मृतकका परिवारले राज्यबाट पाउने क्षतिपूर्ति पाउन नसक्ने भएकाले उक्त कानुन संशोधनका लागि माग उठ्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्