Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


वरिष्ठ पत्रकार हरि लम्सालको निधन


0
Shares

काठमाडौं । पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। फोक्सोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उहाँको निधन भएको हो।

लम्साल नेपाली पत्रकारितामा पाँच दशकभन्दा लामो समय सक्रिय रहनुभएको थियो। उहाँ नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति समेत हुनुहुन्थ्यो।

उहाँले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्व गर्दै नेपाली पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। लम्सालका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ।

लम्सालको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले लामो समयदेखि सक्रिय एक अनुभवी पत्रकार गुमाएको छ। उहाँको निधनप्रति पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

Skip This