काठमाडौं । नेपालका पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको जनाएको छ ।
महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थानबाट बाहिरिएको हो ।
मौसमविद्का अनुसार मनसुन एकैपटक देशभरबाट बाहिरिँदैन । यो प्रणाली पश्चिमी क्षेत्रबाट क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशबाट बाहिरिने गर्छ ।
देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्