आज सामाजिक तथा धार्मिक कार्यप्रति रुचि बढ्नेछ । कला, सिर्जना र वाक्पटुताको प्रभाव विस्तार हुँदै जानेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउँदा नयाँ काम गर्न ऊर्जा प्राप्त हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ भने आम्दानीका नयाँ स्रोतसमेत थपिनसक्छन् । वैदेशिक क्षेत्रसँग सम्बन्धित काम पनि सहज रूपमा अघि बढ्ने सम्भावना छ ।

