आज एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो प्रगति गर्न सकिनेछ । साँझतिर व्यस्तता बढ्नुका साथै सामान हराउने सम्भावना भएकाले आफ्ना वस्तु सुरक्षित राख्नुहोला । आज माता सरस्वतीको आराधनाभन्दा पनि ज्ञानको सदुपयोगलाई प्राथमिकता दिनुहोस् राम्रो हुनेछ ।

