Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


ओखलढुंगामा भरुवा बन्दुक फेला


0
Shares

शुभकला राई,ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९, माधवपुरस्थित जोगिडाँडा सामुदायिक वनको खोल्साबाट एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले उक्त बन्दुक हिजो बरामद गरेको हो। बरामद गरिएको बन्दुक हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।