Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोकिँदा चालकको मृत्यु


0
Shares

दाङ । कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस चोरखोलामा एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका बस चालक खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।