खोटाङ । जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको आरोपमा खोटाङको हलेसीका एक पूजारी पक्राउ परेका छन्।
हलेसीस्थित मन्दिरमा आएका एक दलित तीर्थालुमाथि जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको आरोपमा ५८ वर्षीय गोपाल गिरीलाई असोज ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार गत साउन १८ गते मन्दिरमा आएका तीर्थालुमाथि जातीय विभेद गरेको भन्दै गिरीविरुद्ध उजुरी परेको थियो।
पक्राउ परेका गिरीमाथि तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्