Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


पूर्वाधार र कृषिसहित ३ संसदीय समितिको बैठक आज बस्दै


39
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत ३ वटा संसदीय समितिको बैठक साेमबार बस्दैछ ।

संघीय संसद् सचिवालयले कानून, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको जनाएकाे हो । बैठक साेमबार बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशकलगायतलाई आमन्त्रण गरिएको छ ।

बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायकाे बारे छलफल हुने भएकाे हाे ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक साेमबार बिहान १० बजे बस्दैछ । बैठकमा बाढी, पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माणकाे बारेमा छलफल हुने भएकाे हाे। पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन तथा विविध विषयमा छलफल हुने जानकारी दिइएको छ।

त्यस्तै कानून, न्याय तथा मानवअधिकार समितिको बैठक साेमबारै बिहान १० बजे बस्दैछ। बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय तथा विविध विषयमा छलफल हुने सचिवालयले जनाएकाे हाे।