Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एनपीएलकाे तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि शुरू हुने

169
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

तालिका अनुसार आगामी कार्तिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुने भएकाे हाे। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते मंगलबार दुई खेल हुने भएका हुन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुने भएका छन् ।

लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहने भएकाे हाे । त्यसपछि प्लेअफका खेलहरू हुने भएका छन् । निर्धारित तालिका अनुसार आगामी मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुने भएकाे हाे।  मंसिर २ गते एलिमिनेटर खेलाइने भएकाे छ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुने भएकाे हाे।

प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडाैं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने भएका छन् । एनपीएलका सबै खेलहरू कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा हुने भएकाे हाे। यसअघि सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।