Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक पारित

समितिको प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा आजै पेश गरिंने

65
Shares

काठमाडाैं। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।

सिंहदरबारमा समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले बताउनुभएकाे छ। समितिको प्रतिवेदन प्रतिनिधिसभाको बिहीबारै बस्ने बैठकमा पेश गर्ने उहाँले बताउनुभयो । प्रतिवेदनलाई अन्तिम रुप दिन उहाँले समिति सचिवलाई निर्देशन दिनुभएकाे छ।

समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।

Skip This