काठमाडौं । मंगलबार उच्च अंकले बढेको शेयर बजारमा आज भने दोहोरो अंकको करेक्सन देखिएको छ । सरकारले पूंजीबजार सुधार कार्ययोजना सार्वजनिक गरेलगत्तै हिजो झण्डै ५० अंकले बढेको बजार परिसूचक नेप्से आज भने २१ अंकले घटेको हो ।
नेप्सेसंगै आज कारोबार रकम पनि खुम्चिएको छ । पछिल्ला तीन कारोबार दिनमा १०२ अंकले बजार बढेको मौका छोपेर अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजारमा करेक्सन देखिएको हो ।
नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक आज घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।
घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । तर एनएमबी हाइब्रिड फण्ड एल २ का लगानीकर्ताले आज सर्वाधिक ७.७३ प्रतिशत गुमाएका छन् ।
दिनभरमा ३५० वटा स्टकको एक करोड ५१ लाख एक हजार कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्