Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


यस्ता छन् कोशी प्रदेश सरकारका निर्णय


533
Shares

विराटनगर ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले प्रदेश सरकारको गत असार २९ गतेको बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप्ने, कोशी प्रदेश सरकार सञ्चालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम–२०८३ लाई उच्च प्राथमिकताकासाथ कार्यान्वयन गराउन सबै मन्त्रालयमा लेखी पठाउने निर्णय भएको छ ।

यस्तै, यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि राहत, पुनःस्थापना कार्यका लागि मन्त्रिपरिषद् र मन्त्रिपरिषद सचिवालयका पदाधिकारीहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको मन्त्री शेर्पाले जानकारी दिनुभयो ।