काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ जम्मा भएको जनाएको हाे। त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको छ ।
राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्