काठमाडाैं । पोखरा महानगरपालिकाले भू-उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ।
महानगरका ३३ वटै वडाको करिब सात लाख कित्ताको भू-उपयोग वर्गीकरण गरिएको हाे । महानगरप्रमुख धनराज आचार्यले ‘भू-उपयोग ऐन २०७६’ तथा ‘भू-उपयोग नियमावली २०७९’ बमोजिम भू-उपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको बताउनुभएकाे छ। महानगरपालिकाको भू-उपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णय अनुसार उक्त भू-उपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।
महानगरले भू-उपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानून बमोजिम भूमि प्रशासन तथा नापी सम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई पत्राचार गरेको जनाएकाे हाे । सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ ।
प्रमुख आचार्यले भू-उपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबार लगायत काममा नागरिकलाई सहजता थपिने बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्