काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।
संसद सचिवालयले सिंहदरबारमा बैठक मंगलबार दिउँसाे १ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको हाे।
त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचविालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्