Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै


182
Shares

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म कायम राखेको छ।

मेस्टाला रंगशालामा आइतबार राति भएकाे खेलमा बार्सिलोनाले घरेलु टोली भ्यालेन्सियाविरुद्ध ५-० गाेलको जित दर्ता गरेको हो । बार्सिलोनालाई जित दिलाउन लामिन यामलले दुई तथा फेर्मिन लोपेज, कप्तान राफिन्हा र पेड्रीले एक–एक गोल गरेका थिए ।

खेलको छैठाै‌ मिनेटमा यामल गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २२औँ मिनेटमा लोपेजले टोलीको अग्रता दोब्बर बनाएका हुन्। दोस्रो हाफको शुरुवाती पाँच मिनेटमै राफिन्हाले गोल गर्दा बार्सिलोना ३-० गाेलले अगाडि बढ्यो । ७९औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४–० गाेलमा पुर्‍याएका थिए ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा यामलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेका छन्। चौथो जितसँगै चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हाे। पराजित भ्यालेन्सिया समान खेलबाट एक अंकका साथ पुछारमा रहेकाे छ।