Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


माथिल्लो त्रिशूली–१ को २२५ मिटर सुरुङबाट चिनियाँ नागरिक जीवितै उद्धार


182
Shares

नुवाकोट । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले चिनियाँ नागरिक लुहाइताओलाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो।

उद्धारपछि उनको स्वास्थ्य परीक्षण भइरहेको छ। घटनास्थलमा थप सम्भावित व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।