Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


फेवातालमा कार खस्दा २ जनाको निधन, २ को उद्धार


299
Shares

काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा शुम्रबार भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ।

दुई जनालाई सकुशल उद्धार गरिएको हाे। बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोरसहितको टोली खोज तथा उद्धारमा खटिएको थियो ।

भारत घर भएका २६ वर्षीय नवदीपकुमार यादव र अर्का २६ वर्षीय प्रियान्सु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

कारमा रहेका भारत घर बताउने २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको छ ।

तालमा खसेको कारलाई क्रेनको सहायतामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको हाे ।