Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


एमाले अध्यक्ष ओलीले आज रसुवाका बाढी-पीडितका लागि राहत सामग्री वितरण गर्दै

वितरणपछि अध्यक्ष ओली आजै बाढी प्रभावित क्षेत्र विदुर जाँदै

260
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्नुहुने भएकाे छ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजे रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न लाग्नुभएकाे हाे।

राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयाे।