काठमाडाैं। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
कर्णाली मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले बताउनुभएकाे हाे। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभएकाे छ।
कर्णाली मन्त्रिपरिषद् बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना, २०८३/२०९२’ स्वीकृत समेत गरेको हाे। कर्णालीको शिक्षा क्षेत्रलाई अब १० वर्ष योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यले तयार गरिएको उक्त योजना प्रदेश सरकारबाट स्वीकृत गरिएको छ।










प्रतिक्रिया दिनुहोस्