Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


डट्स ई-स्पोर्ट्सले जित्याे पीएमएनसी फल सिजनको उपाधि


0
Shares

काठमाडौं । पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ।

दशरथ रंगशालास्थित कभर्ड हलमा आइतबार भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई- स्पोर्ट्सले उपाधि हात पारेको हो। विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ। ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा देशैभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्ने भएकाे हाे।

विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम बिक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए।