Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


एसएबीले निर्माणमा अवरोध गर्दै आएको पार्क निर्माण पुनः सुरु


0
Shares

इलाम । इलामको माईजोगमाई गाउँपालिका– २ स्थित तुम्लिङमा पार्क निर्माण कार्य पुनः सुरु गरीएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएबीले निर्माणमा अवरोध गरेको पार्क जनताले पुनः निर्माण सुरु गरेका हुन् ।

पटक पटक जिल्ला प्रशासन कार्यालय, शसस्त्र प्रहरी गण इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई अवरोध फुकाउन बारम्बार जानकारी गराएपनि चासो नदेखाएपछि गाउँपालिकाले आफै पार्क पुन निर्माण सुरु गरेको हो ।

यसअघि सीमा पिल्लर भन्दा तीन सय मिटर टाढा पार्क निर्माण गर्न लागिएपनि भारतीय सुरक्षा बल एसएसबीले रोक लगाएको थियो । प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटमा पार्क निमार्ण गर्न लागेको हो ।