Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा आर्सनल ३–० ले पराजित, एस्टन भिल्ला र शेफिल्ड बराबरीमा रोकिए


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।

कोरोना भाइरसका महामारीका कारण तीन महिनापछि गएराति सुरु भएको खेलमा म्यान सिटीले सहज जित निकालेको हो ।

खेलमा म्यान्चेस्टर सिटीका लागि राहिम स्टर्लिङ, केभिन डे ब्रायन र फिल फोडेनले एक एक गोल गरे । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ ।

शिर्ष स्थानको लिभरपुलको समान खेलबाट ८२ अंक छ । पराजित टोली आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।