Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


ठेक्का सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई बाँकी रकम ३५ दिनभित्र बुझाउन ताकेता (सूचनासहित)


1.3k
Shares

काठमाडाैं। सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।

डिभिजन अन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ती ठेक्काहरू रद्द गरिएका थिए। ठेक्का अन्त्यपश्चात्को कारबाही स्वरूप सार्वजनिक खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक-पटक प्रयास गरेको थियो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार रकम बुझाउन प्रयास गर्दा पनि हालसम्म दाखिला नभएकाले डिभिजनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रकम दाखिला गर्न आह्वान गरेको हो।