काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकाे उमेरमा आइतबार राति निधन भएको छ ।
नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो ।पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाउनुभएकाे छ।
नेपाल भाषा परिषदले २ दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियाे। नेपाल भाषामा कवि श्रेष्ठका एक दर्जन भन्दा बढी कृति प्रकाशित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्