काठमाडौं ।
सामसङका ग्यालेक्सी जेड फोल्ड एट सिरिज सार्वजनिक गरिएको छ ।
सामसङ नेपालले ग्यालेक्सी एआई र अझ स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड एट सिरिज नेपाली बजारमा सार्वजनिक गरेको हो ।
आठौं पुस्ताका फोल्डेबल स्मार्टफोनले अझ ठूलो एआई कार्यक्षेत्रसंगै किन्न सक्ने क्षमता, एक्सेसिबिलिटी र दिगोपनमा आधारित फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी तथा ओम्निच्यानल कार्यक्रमहरुलाई एकीकृत गरेका बताइएको छ ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड एट अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड एट र ग्यालेक्सी जेड फ्लिप एटसंगै ग्यालेक्सी वाच अल्ट्रा टू नेपाली बजारमा ल्याएको हो ।
अत्याधुनिक विशेषतासहितका यी आधुनिक मोबाइल फोन ४० प्रतिशत डाउन पेमेन्टसहित २४ महिनाको ईएमआई सुविधामा उपलब्ध गराइने जनाइएको छ ।
भीआईपी प्रि अर्डर प्याकेजमा ६८ हजार रुपैयाँ सम्म र सामान्य प्रि अर्डर प्याकेजमा ५८ हजार सम्मका लाभ मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिज मार्फत् आफुहरुको उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्याउनुमात्र नभइ अफोर्डेबिलिटीलाई समेत सहज र स्मार्ट बनाउनुभभएको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्