Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सुनको मूल्य घट्दा चाँदी भने बढ्याे


832
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य घटबढ भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको हाे । बुधबार सुनको मूल्य ३ लाख ६ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यस्तै, चाँदीकाे मूल्य भने बिहीबार ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हाे । यस अघि बुधबार चाँदी ४ हजार ७ सय ४५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार चार सय सात अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।