काठमाडौं ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनलाई लिएर पर्यटन व्यवसायीहरूबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ ।
आगामी साउन २९ गते हुने निर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाउन युबिका भण्डारी र उनको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ । नाट्टामा व्यावसायिक एकता, पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र प्रविधमैत्री (डिजिटल) सेवा विस्तारलाई समूहले आफ्नो मुख्य एजेन्डा बनाएको छ ।
टोलीले “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने नारासहित पर्यटन उद्योगको विकास, व्यवसायीको अधिकार संरक्षण र नाट्टाको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको जनाएको छ । ‘युविका एन्ड टिम’ ले पर्यटन व्यवसायमा अनुभव, जिम्मेवारी र कार्यक्षमता भएका व्यक्तिहरूलाई समेटेर सशक्त नेतृत्व प्रस्तुत गरेको जनाएको छ । टोलीले लाई आधुनिक, पारदर्शी, सदस्यमैत्री र प्रभावकारी संस्था बनाउँदै पर्यटन व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरेको छ ।









प्रतिक्रिया दिनुहोस्