Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्ने सरकारकाे तयारी

एक हप्ताभित्रै ग्यासको सहज आपूर्ति हुने आयल निगमकाे दावी

143
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताउनुभएकाे छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिकाे खाद्य आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बुधबार बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताउनुभयाे। मन्त्री गौरीकुमारीले सिंहदरबारमा यहि साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभएकाे छ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक हप्ताभित्रै ग्यासको सहज आपूर्ति हुने दावी गर्नुभयाे। मंगलबार मात्रै १ सय ३४ ग्यास बुलेट भित्रिएको बताउनुभएकाे छ । उहाँले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दावी समेत गर्नुभयाे ।