काठमाडौं । संघीय संसद अन्तर्गत रहेका दुई वटा संसदीय समितिको बैठक मंगलबार बस्दैछ ।
सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएकाे हाे। सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे हाे।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मंगलबारै बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने तयारी रहेको सचिवालयले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्